म्याक्सवेल र रहाणेले पाए ईएसपीएन अवार्ड

म्याक्सवेल

एजेन्सी। अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल र भारतका अजिंक्या रहाणेले ईएसपीएन क्रिकइन्फो अवार्ड प्राप्त गरेका छन्। क्रिकेटसम्बन्धी अनलाइन ईएसपीएन क्रिकइन्फोले म्याक्सवेललाई ‘ओडीआई ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड’ प्रदान गरेको हो।

यस्तै ओडीआई बलिङ पर्फमेन्स अफ दि इयर अवार्ड जिम्बावेका ब्लेसिङ मुजाराबानीले प्राप्त गरेका छन्। टेष्ट ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड भारतका रहाणेले प्राप्त गरे भने बलिङतर्फको अवार्ड अष्ट्रेलियाका जस हेजलउडले प्राप्त गरे।

टी-ट्वान्टीको ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड इंग्ल्यान्डका जोनी बेयर्स्टोले प्राप्त गरे भने बलिङको अवार्ड लकी फर्गुसनले प्राप्त गरे। महिला ब्याटिङ पर्फमेन्स अफ दि इयर अवार्ड अलिसा हेली र बलिङको अवार्ड पुनम यादवले जिते।

अन्य सम्बन्धित समाचार:  एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

ईएसपीएनले वर्षभरको खेलाडीको प्रदर्शनसहित पूर्व क्रिकेटर,कमेन्टेटर, ईएसपीएनका पत्रकार लगायतको एक जुरी मण्डलको मतको आधारमा अवार्ड प्रदान गरेको हो।