काठमाडौं। नेपाल पुलिस क्लबले पीएम कपमा दोस्रो जित लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ। त्रिवि मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो।
पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३६ रन मात्र बनाउन सक्यो। लुम्बिनीका लागि सौरभ खनालले ७४, कप्तान कृष्ण कार्कीले ४०, देव खनालले ४९ तथा सन्दीप रजालीले ४० रन जोडे।
बलिङतर्फ पुलिसका राशिद खान र पवन सर्राफले २-२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। पुलिसका लागि सुनिल धमला १ सय ४, दिपेन्द्र सिंह ऐरीले ८५ तथा पवन सर्राफले १३ बलमा अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले।
बलिङतर्फ लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले समान एक-एक विकेट लिए।
जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ।