काठमाडाैं। गत आर्थिक वर्षको कमाइबाटनेपाल इन्स्योरेन्सले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। माघ ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने भएका छन्।
२०७७ माघ ९ गते, शुक्रबार, ०१:२३ बजे प्रकाशित