विदेशिने नेपाली युवाहरूको कथामा ‘परदेशी २’ बन्याे

काठमाडौं। काेराेनाकाे कारण लामाे समय चलचित्र क्षेत्र सुस्ताएकाे हुँदा कलाकार देखी निर्माता निर्देशकसम्म चिन्तित रहेका थिए। काेराेना कहर केही मत्थर हुँदै गएपछि पुराना नायक शिव श्रेष्ठकाे ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन आएकाे थियाे।

तर उक्त चलचित्रले साेचे जस्ताे सफलता प्राप्त गर्न नसकेपनि चलचित्र ‘परदेशी २’ ले २०७८ को दसैँलाई प्रदर्शनको मिति तोकेको छ। ५० दिन लगाएर छायाँङ्कन गरिएको भनिएको फिल्मको कथा विदेशिने नेपाली युवाहरूको विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको छ।

फिल्ममा दिलिप रायमाझी, नीर शाह, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटीलगायतको अभिनय रहेको छ। साथमा अहिलेका चर्चित युवा गायक तथा मोडल प्रकाश सपुतले पनि यही फिल्ममार्फत डेब्यु गर्दैछन्।