अमिताभ बच्चनकाे अन्तिम शाे ‘कौन बनेगा करोडपति’को ग्रान्ड फिनाले आज हुँदै

एजेन्सी। ‘कौन बनेगा करोडपति’को १२औँ सिजनको ग्रान्ड फिनाले आज हुने भएको छ। याेसँगै भारतीय सुपरस्टार अमिताभ बच्चनले पनि विश्राम लिने भएका छन्।

अर्थात बच्चनकाे यो नै अन्तिम शो हुने बताईएकाे छ। केबीसीको १२ औँ सिजनको पहिलो एपिसोड कोरोनाको नियन्त्रणमा खटिएका योद्धाप्रति समर्पित थियो भने अन्तिम एपिसोड करगिल युद्धका वीरहरुप्रति समर्पित हुने बताईएकाे छ।

पछिल्लो वर्ष सेप्टेम्बरमा शो शुरु भएदेखि चार प्रतियोगीले १ करोड जितिसकेका छन्। जसमा चारै जना महिला रहेका छन्।

भारतीय टेलिभिजन सोनी च्यानलमा ग्रान्ड फिनाले हुनेछ भने करगिल युद्धका वीर जवानहरुलाई कार्यक्रममा समावेश गरिने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने