काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिए केही समय जेलमा राख्ने बताएका छन्। शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओली नेपाली संस्करणका हिटलर भएको बताउँदै ओलीसँग फेरि मिल्ने सम्भावना न्यून रहेको बताएका हुन्।
केपी ओलीको ‘के’ को अर्थ ‘खड्ग’ भएको भन्दै ओलीले संविधानमाथि खड्ग प्रहार गरेको आरोप लगाए। नेपालले ओली कम्युनिस्ट पार्टीको साधारण सदस्य बन्न समेत अयोग्य भएको बताए। त्यसैले उनीसँग स्पष्टिकरण मागिएको र उनको भूमिका बारेमा छिट्टै समीक्षा हुने जानकारी दिए।
आजको विरोधसभाले जनआन्दोलनको झल्को दिएको भन्दै नेपालले सडकमा कास्टिङ मात्रै देखिएको बताए।
उनले भने,’फिल्म अझै बाँकी छ। यो कास्टिङ मात्र हो।’