हामीले जनतासँग गरेको वाचा तीन वर्षमा पूरा गर्न सकेनौँः प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासाग गरेको वाचा तीन वर्षमा पूरा गर्न नसकेको स्वीकार गरेका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा पूरा गर्न नसकेको बताएका हुन्।

उनले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताए। उनले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ। त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु। सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न। अब हामी यस्तो हुन दिने छैनौँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने तर कार्यान्वयन नगर्ने परिपार्टीले कुनै काम गर्न नसकेको बताए।

अन्य सम्बन्धित समाचार:  कांग्रेसले बोलायो पदाधिकारी बैठक