देशभर ३०२ कोरोना संक्रमित थपिए, ४८० डिस्चार्ज, ७ जनाको मृत्यु

देशभर

काठमाडौं। नेपालमा थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४५ जनाको नमूना परिक्षण गर्दा काठमाडों उपत्यकामा १ सय १२ सहित देशभर ३ सय २ जना नयाँ संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ।

यस्तै थप ४ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल ३ हजार ६ सय १४ जना सक्रिय संक्रमित छन् भने १ सय ५८ जना क्वारेन्टाइनमा छन्। १ सय ५४ जनाको आइसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा

यसैगरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ।