कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग्याे

काठमाडाै‌ं। कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ। शुक्रबार बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमूखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले शुक्रबार निकालेको सूचनामा उल्लेख छ।

बैंकले खुल्ला तर्फ १५१ जना कर्मचारी मागेको छ भने समावेशी तर्फ महिला ५२, आदिवाशि जनजाति तर्फ ३७, मेधेसी ३०, दलित १३ र अपाङ्ग ६ जनाको लागी कर्मचारी माग गरेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन