“आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्”: प्रधानमन्त्री ओली

काठमाडौं। प्रचण्ड-माधव नेपाल समूहको शुक्रबारकाे प्रदर्शन सामान्य भएकाे प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। काठमाडौंमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने घोषणा गरेका छन्। उनले भने, “आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो, “आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ।”

ओलीले साँघुरा गल्लीहरुमा मान्छे थुपार्दैमा आमसभा नहुने पनि उल्लेख गरे। नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले माघ २३ गते आजकाे प्रर्दशनकाे प्रतिउत्तरमा काठमाडौमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय गर्दै छ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे विप्लव