पीएम कप: प्रदेश-१ को सान्त्वना जित

प्रदेश-१

काठमाडौं। प्रदेश-१ ले पीएम कपमा सान्त्वना जित हात पारेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो। प्रदेश-१ ले दिएको २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ३५ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमात्र बनाउन सक्यो।

कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७, निश्चल रावलले ३१ तथा कप्तान रविन्द्र शाहीले १८ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले ६६, यस्तै शुभांकर उरावले ३६, मिनास थापाले २५ रन बनाए।

अन्य सम्बन्धित समाचार:  काठमाडौं मेयर कपः एपीएफ र पुलिस भिड्दै

बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले ३, दिनेश अधिकारी र अनुज चुनाराले २-२ विकेट लिए। जितसँगै ४ खेलमा २ अंक जोडेको प्रदेश-१ प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको छ।