चर्चामा १९ वर्षीया इजरायली माेडल येल शेल्बिया

एजेन्सी। टीसी क्यालेण्डरको १ सय सबैभन्दा सुन्दर युवतीमा पहिलो स्थानमा परेकी एक इजरायली १९ वर्षीया मोडल येल शेल्बिया अहिले चर्चामा छिन्।

इंस्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स भएकी शेब्लिया आफ्नो शानदार जीवनशैलीका कारण पनि चर्चामा आउने गरेकी छन्।

इजरायलको यहुदी परिवारमा जन्मिएको शेल्बियाले १६ वर्षदेखि नै मोडलिङ सुरु गरेकी थिइन्। एक स्थानीय फोटोग्राफरले उनको फोटो नोटिस गर्दै उनलाई फोटोसुटको लागि बोलाएका थिए। उनको फोटोसुटपछि शेल्बियाको चर्चा सुरु भएको थियो।

उनले इजरायलको एयरफोर्समा सैनिक सेवामा समेत काम गरिसकेकी छन्। शेल्बिया अहिले आफूभन्दा १७ वर्ष जेठा अमेरिकी अर्बपति ब्रैण्डन कोर्फसँगको प्रेम सम्बन्धमा छिन्।

शेल्बियाले विश्वका धनी व्यक्तिहरूको कम्पनीका साथै फुटबलर लियोनल मेसीसँग पनि काम गरिसकेकी छन्।