२४ घण्टामा २३२ जनामा सङ्क्रमण, ३८६ जना डिस्चार्ज

देशभर

काठमाडाैं। नेपालमा थप २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा पीसीआर परीक्षण गरिएकामा २३२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ।

सम्बन्धित समाचार

देशभर ३०२ कोरोना संक्रमित थपिए, ४८० डिस्चार्ज, ७ जनाको मृत्यु

हाल नेपालमा ३ हजार ४५२ सक्रिय सङ्क्रमित रहेका छन् भने तीमध्ये १४७ जना क्वारेन्टाइनमा रहेका छन्।

अन्य सम्बन्धित समाचार:  नेपालको अथतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९९४ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म देशभरमा गरी २० लाख ३८ हजार ८४२ जनाको पीसीआर परीक्षण गरिएको छ।