दाङ। दाङको लमहीस्थित अजम्मरी सामुदायिक वनमा मृतावस्थामा चितुवा फेला परेको छ। चितुवा केही दिनअघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरीले जानकारी दिए।
उनका अनुसार दाउरा लिन गएका स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेका थिए। चितुवाको घाँटीमा पासो लागेकोजस्तो निशान फेला परेको बताइएको छ।
जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुनसक्ने र चितुवालाई परीक्षण गरी व्यवस्थापन गरिने चाैधरीले जानकारी दिए।