काठमाडौं। पौने तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर टेकुका डीएपी प्रमेश विष्टका अनुसार काठमाडौं कोटेश्वरको ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक समेत रहेका शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरी ठगी मुद्दा चलाउने तयारी भएको छ।
खड्का र महर्जनले कृष्णप्रसाद देवकोटालाई जग्गा बेच्नको लागि २ करोड ७५ लाख रुपैयाँ बैना लिएका र उनीहरुले देवकोटालाई बेच्ने भनिएको जग्गा अन्यत्रै बेचेको साथै बैना लिएको रकम पनि फिर्ता नगरेको प्रहरीले जनाएको छ।
कारोबारमा अरु केही व्यक्ति पनि संलग्न रहेको र उनीहरुको खोजी भइरहेको डीएसपी विष्टले जानकारी दिए।