विप्लव समूहका दुई नेता पक्राउ

विप्लव

सुबास आचार्य, बाग्लुङ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेता शनिबार बाग्लुङबाट पक्राउ परेका छन्। नेताद्वय विकिरण र बावुलाल शाक्य पक्राउ परेका प्रहरीले जनाएको छ।

बाग्लुङ नगरपालिका वडा नम्बर-७ का पूर्णप्रसाद निउरेको घरमा विप्लवका नेता तथा कार्यकर्ता रहेको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका विकिरणको साथबाट ४ वटा मोबाइल र चन्दा उठाउने रसिद तथा शाक्यको साथबाट २ वटा मोबाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

उनीहरु यसअघि पनि पटक पटक पक्राउ परी छुट्ने गरेका र उनीहरुलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा राखिएको बताइएकाे छ।

अन्य सम्बन्धित समाचार:  नयाँ शैक्षिक सत्र १० महिनाको मात्र