ओलीको नियत सफा छैन, वैशाखमा चुनाव हुन्न: कांग्रेस नेता डा. कोइराला

ओली

 कञ्चनपुर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले वैशाखमा निर्वाचन नगराउने बताएका छन्। उनले वैशाखमा निर्वाचन गराउन वा माधव नेपाल र प्रचण्डलाई तह लगाउन केपी ओलीले प्रतिनिधिसभा विघटन नगरेको आरोप पनि लगाएका छन्।

नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले केपी ओलीको नियत सफा नभएकाले उनले वैशाखमा निर्वाचन नगराउने बताए। ‘वैशाखमा निर्वाचन गराउनका लागि केपी ओलीको नियत सफा छैन,’ उनले भने।

डा. कोइरालाले प्रतिनिधिसभा विघटन अराजनीतिक र असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताउँदै ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको र असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने तर्क पनि गरे।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान