कमल थापा भन्छन्- पूर्वराजा ज्ञानेन्द्रबारे प्रचण्डको टिप्पणी अमर्यादित

कमल

काठमाडाैं। नेकपा दाहाल-नेपाल समूहको सभामा पूर्वराजा ज्ञानेन्द्रको बारेमा भएको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्।

दाहाल-नेपाल समूहको शुक्रबार भएको सभामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टिप्पणीप्रति थापाले आपत्ति जनाएका हुन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले आपत्ति प्रकट गरेका छन्।

‘हिजोको सभामा दुईपटक प्रम भएका प्रचण्डले पूर्वराष्ट्रप्रमुख, लाखौँ जनताको आस्था–विश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास विचलित मानसिकतालाई प्रदर्शित गरेको छ। प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु’, ट्वीटमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक बस्दै