‘छ माया छपक्कै’ ट्रेन्डिङ नम्बर १ मा

छ माया छपक्कै

काठमाडौः  नेपाली चलचित्र फिल्म ‘छ माया छपक्कै’ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ। गत बुधबार युट्युबमा रिलिज भएको फिल्मको डिजिटल अधिकार लिएको आमा अग्निकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज थियो।

उक्त फिल्म २०७६ सालको दसैँमा रिलिज भएको थियो। फिल्मको पाइरेसी भएपछि यसलाई हतारमा युट्युबमा रिलिज गरिएको हो। युट्युबमा रिलिज भएको तीन दिनमा फिल्म ट्रेन्डिङको शीर्ष स्थानमा आएको हो। आमा अग्निकुमारी मिडियामार्फत सार्वजनिक फिल्म शनिबार साँझसम्म १८ लाखभन्दा बढि पटक हेरिसकिएकाे छ।

राजनीतिक विषयवस्तुमाथि बनेको फिल्मले ४२ हजार लाइक र २६ सय डिस्लाइक पाएको छ।

गत वर्षको सर्वाधिक ग्रस कमाई गर्न सफल यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन्। दीपेन्द्र लामा यस चलचित्रका निर्देशक हुन्। चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी,सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ।

अन्य सम्बन्धित समाचार:  कमेडी च्याम्पियन सिजन–२ आजबाट

यस्तो छ चलचित्र