रहेनन् चर्चित पत्रकार ल्यारी किङ्ग

एजेन्सी। चर्चित पत्रकार ल्यारी किङ्गको निधन भएको छ। अमेरिकी टेलिभिजन सीएनएनमा लामो समय प्रस्तोताका रुपमा रहेका किङ्गको ८७ वर्षको उमेरमा निधन भएको उनका छोराले पुष्टि गरेको अमेरिकी समाचार एजेन्सी सीएनएनले जनाएको छ।

अन्तर्वार्ताका लागि निकै सशक्त मानिने किङ्गले अन्तर्वार्तामा प्रयोग गर्ने व्यङ्ग्य र विषयप्रतिको संवेदनशीलताले उनलाई विशेष बनाएको थियो। उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएका खबरमा उल्लेख छ।

उनले सीएनएनमा मात्र २५ वर्ष काम गरेका थिए। उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए। कार्डर्स सेनाई मेडिकल सेन्टर लसएन्जल्समा उनको निधन भएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  वैज्ञानिकले पत्ता लगाए टिबी रोगको नयाँ औषधि