काठमाडौं । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप १३४८ जनाको मृत्यु भएको छ। शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनाका मृतक संख्या ९७ हजार नाघेको छ। जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएकाहरूलाई मात्र समावेश गरिएको छ।
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ। हालसम्म बेलायतमा कोरोना सङ्क्रमितको संख्या ३६ लाख नाघेको छ। गएको २४ घन्टामा ३३ हजार ५५२ नयां संक्रमित थपिएका जनाइएको छ।
नयाँ संक्रमितसँगै जम्मा संख्या ३६ लाख १७ हजार ४५९ पुगेको छ।