युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

पाैने

रामेछाप । युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। युवतीले जबर्जस्ती करणीको उजुरी दिएपछि रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।

सोही ठाउँकी एक युवतीले आफूलाई वडाध्यक्ष बोहोराले जबर्जस्ती करणी गरेको भन्दै भक्तपुरको ठिमी प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार शनिबार चनखुबाट उनलाई पक्राउ गरेर ठिमी प्रहरीको जिम्मा लगाइएको हो।

अन्य सम्बन्धित समाचार:  आमाको हत्या गर्ने छोरा पक्राउ