काठमाडौं । गाडीको लाइसेन्स लिन चाहनेहरूले अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरू धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरूको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने छ । र त्यसै सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।
अहिलेको भौतिक संरचना बढाउने काम नभएको तर आवेदकको संख्या भने बढेकाले समस्या भएकोले आवेदन दिने बित्तिकै परीक्षा दिन पाउने भन्ने नभएको भुसालले जना। विभागका अनुसार आवेदन दिएकाहरुमध्येबाट कार्यालय खुलेको दिन एक सयदेखि १ सय ५० जनासम्मलाई बोलाएर परीक्षा लिने गरेको छ।