काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।