नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक दिउँसो साढे १२ बजेका लागि पेरिसडाँडामा  बोलाइएको छ। बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाइएको छ।

नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको विषयमा बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सांसदलाई काठमाडौं नछोड्न कांग्रेसको निर्देशन