गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । बारा र रौतहटमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  

बाराको पर्वानीपुर गाउँपालिका ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको हो।

गुप्ताको उपचारका क्रममा बयोधा अस्पताल विरगन्जमा मृत्यु भएको हो। साथै यता रौतहटको यमुनामाई गाउँपालिका–४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ना ५ त ९२ ८३ नम्बरको ट्र्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुढा नगरपालिका ९ का राजेशकुमार सहनीको मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी