ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई पक्राउ

पाैने

काठमाडौं ।  काठमाडौंमा ड्युटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालक पक्राउ परेका छन्। 

गएराति सवा ९ बजे कलंकी खसीबजार सडकखण्डमा ट्राफिक प्रहरीलाई बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका जनाइएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा चालक थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका हुन । त्यसैगरी गएराति साढे ९ बजे कलंकी–खसीबजार सडकखण्डमा नै को १ ख ५००४ नम्बरको टिप्पर चालक पक्राउ  परेका छन्। 

चालक मकवानपुरका कुलबहादुर घलानले पनि  ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेका प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भरुवा बन्दुकसहित एक पक्राउ