खरिद बिल नभएका चार पसललाई २५ हजार जरिवाना

वीरगञ्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमनका क्रममा पर्साको ठोरी गाउँपालिकाका वडामा रहेका चार वटा पसलेले खरिद बिल देखाउन नसकेकोले नगद २५ हजार जरिवाना तिराएको हो। 

कार्यालयका सूचना अधिकारी दिलिप खँगका अनुसार गाउँपालिकाका  विभिन्न वडा नम्बर ५ सुवर्णपुरस्थित बिल नदेखाउने रोहित किराना पसललाई १० हजार रुपैयाँ, वडा नम्बर २ को एमबी फर्निचर र रूपाखेती कलेक्सनलाई पाँच र पाँच हजार तथा वडा नम्बर १ मा रहेको रूधम ए टु जेड पसललाई पनि नगद ५ हजार जरिवाना गरिएको हो।

जरिवाना गरिएको रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न निर्देशन पनि दिइएको उनले जानकारी दिए। आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय ठोरी, ठोरी गाउँपालिकाका प्रतिनिधिसहितको टोलीले ठोरी र सुवर्णपुरमा बजार अनुगमन गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  गहुँबारीमा ८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ