बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

दाङ । दाङमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन्। बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका–८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकी हुन। 

शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उनलाई बाघले आक्रमण गरेको जनाइएको छ। चौधरीको मुख, आँखा र टाउमा गम्भिर चोट लागेको छ। श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई बाघले आक्रमण गरेको थियो।

गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने