कुखुरालाई आठ महिना जेल 

काठमाडौं । कहिलेकाँही अचम्मका घटनाहरू सुन्न पाइन्छ। कतिपय घटनाहरू सत्य भएपनि विश्वास लाग्दैन। यस्तै  कुखुरालाई पनि जेलमा राखिन्छ  भन्ने सुन्दा विश्वास नलाग्न सक्छ। तर, यो घटना वास्तवमै सत्य हो।

पाकिस्तानको सिन्ध प्रान्तकोघोटमी जिल्लामा एक स्थानीय अदालतले एक कुखुरोलाई आठ महिना जेलमा राखेको थियो। स्थानीय अदालतले उक्त कुखुरालाई आठ महिनापछि जेलबाट रिहा गरेको हो।

आठ महिना अगाडि लडाइँका बेला केही मानिससहित केही कुखुरालाई पनि गिरफ्तार गरिएको जनाइएको छ। तर कसैले पनि आफ्नो कुखुरा हो भन्दै नआएकोले उक्त कुखुरालाई पनि जेलमै राखिएको थियो। तर केही दिन अगाडि त्यहाँका जफर मीरानीले अदालतमा मुद्दा हालिन्, त्यसपछि उनको कुखुरा रहेको पत्ता लाग्यो। उनको कुखुरा रहेको थहापाएपछि अदालतले कुखुरालाई पनि रिहा गरेको जनाइएको छ। 

अन्य सम्बन्धित समाचार:  म्यान्मार सैन्य कूपछि भागेका प्रहरी अधिकारी फर्काउन भारतलाई आग्रह