सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सुनको भाउ

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।

शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार घटेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  निक्षेप र कर्जाको ब्याजदर अन्तर सीमा नघाउने बैंकहरूलाई कारबाही गरिने