चेन्नई टेष्ट दर्शकको अनुपस्थितिमा हुने

काठमाडौं। इंग्ल्याण्ड र भारतबीच चेन्नईमा हुने पहिलो टेष्ट खेल दर्शकको अनुपस्थितिमा हुने भएको छ। तामीलनाडू क्रिकेट संघले आफ्ना सदस्यहरुलाई दुई राष्ट्रबीचका लागि निर्धारित एमए चिदम्बरम रङ्गशालामा हुने खेलमा भिड जम्मा गर्ने अनुमति नपाउने जानकारी गराएपछि खेल दर्शकको अनुपस्थितिमा हुने सम्भाबना बढेको हो।

भारत सरकारले भने घरबाहिर हुने खेल कुल क्षमताको ५० प्रतिशत दर्शक राखेर खेलाउन सकिने निर्देशन जारी गरेपनि तामीलनाडू संघको यसप्रकारको निर्देशन जारी गरेको हो। इंग्ल्याण्ड विरुद्धको चार म्याचको टेष्ट श्रृखंलाको पहिलो दुई टेष्ट खेल चेन्नईमा हुने निर्धारण गरिएको छ। पहिलो टेष्ट खेल फेब्रुअरी पाँचदेखि नौ सम्म खेलाइनेछ भने दोस्रो टेष्ट खेल १३ फेब्रुअरीदेखि १७ सम्म खेलाइनेछ।

अन्य सम्बन्धित समाचार:  बेलको दुई गोलमा टोटेनहमको जित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले समेत खेलाडीको स्वास्थ्य सुरक्षामा जोखिम उत्पन्न हुने कुनै गतिबिधि नगरिने प्रष्ट्याइसकेको छ। अन्तिम दुई टेष्ट खेल दिवा रात्री खेलाइनेछ। जस अन्तगर्त तेस्रो टेष्ट खेल फेब्रुअरी २४ देखि २८ सम्म र चौथो तथा अन्तिम टेष्ट खेल मार्च ४ देखि आठसम्म खेलाइने तालिका रहेको छ।

इंग्ल्याण्डले भारत भ्रमण गर्दा पाँच म्याचको टी ट्वान्टी श्रृखंला पनि खेल्नेछ। उक्त श्रृखंलाका सबै खेल अहमदाबादमा हुने तय गरिएको छ। त्यसैगरी, पाहुना टोलिले तीन म्याचको एकदिवसीय श्रृखंला समेत खेल्नेछ। एकदिवसीय श्रृखंलाको तीनवटै खेल पूर्णका लागि निर्धारण गरिएको छ।