११ वर्षीया बालिकालाई बलात्कार गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज । वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

 भारतको चम्पारण घर भई वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने ३६ वर्षीय नेहाल मियालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरका अनुसार उनलाई शनिबार बिहान पक्राउ गरेको हो। घटना गत शुक्रबार राति १० बजे भएको डीएसपी कुँवरले जानकारी दिए।

डीएसपी कुँवरले भने, मिया र पीडितका बुवा साथी हुन्। उनीहरू भारतसँगको सीमा क्षेत्रमा डेरा गरी बस्छन् । शुक्रबार राति मिया पीडितको घरमा बस्न गएका थिए। राति कोही नभएको मौकामा बालिकामाथि बलात्कार गरे।

बालिका चिच्याएपछि मिया घटनास्थलबाट भागेका थिए। उनलाई खोजतलास गरी पक्राउ गरेको हो। आइतबार उनलाई पक्राउ गरी उनीमाथि प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

अन्य सम्बन्धित समाचार:  भोली देशभरका सबै अदालतमा बिदा