काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचनमा जाँदा बीपी कोइरालाले खाएको धोका नबिर्सिन आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले अहिलेजस्तै २०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा तत्कालीन राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपीलाई धोका भएको स्मरण गराएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले संविधानरुपी लोकमार्गमा पहिरो ल्याएको र पहिरो नपन्छ्याइ चुनावको गाडी कुदाउन खोजिएको भन्दै उनले त्यसले दुर्घटना निम्त्याउने बताए। २०१६ पछिका तुलसी गिरी र केशरजंग रायमाझी नबन्न समेत भट्टराईले सचेत गराएका छन्।
‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ। २०१४ सालमा संविधान सभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बीपीले खाएको धोका नबिर्सौं!२०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं!’, डा. भट्टराईले लेखेका छन्।
ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।२०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाॅदा बिपीले खाएको धोका नबिर्सौं!२०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं!
— Baburam Bhattarai (@brb1954) January 24, 2021