काठमाडौं । त्रिभुवन विमानस्थल अगाडि बसको ठक्कबाट पैदल यात्री गम्भीर घाइते भएका छन्।
बा५ख ४९५९ नम्बरको बसको ठक्करबाट चन्द्र बहादुर पुनमगर घाइते भएका हुन। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ।
रुकुमपश्चिम घर भएका चन्द्र बहादुरको साथमा फेला परेको मतदाता परिचय पत्रको आधारमा उनको पहिचान पाएको प्रहरीले जनाएको छ । उनी बोल्न सक्ने अवस्थामा छैनन्।
महानगरीय प्रहरी वृत गौशालाका अनुसार बस चालकलाई पक्राउ गरिएको छ।