धामी बस्न जान लाग्दा भीरबाट लडेर वडा सदस्यको मृत्यु

माेटरसाइकल

खोटाङ । धामी बस्न जान लाग्दा भीरबाट लडेर एक जना वडा सदस्यको मृत्यु भएको छ।

खोटाङ साकेला–२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ वर्षीय रत्न प्रसाद फुयलको धामी बस्न जान लाग्दा भीरबाट लडेर मृत्यु भएको हो।

शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबुस्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा खहरे खोलाको भीरबाट लडेर मृत्यु भएको जनाइएको छ।

उनी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको उनका आफन्तहरूले जानकारी दिए। मृतक फुयल २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीले घटनास्थलतर्फ गई अनुसन्धान गरेको हो।

अन्य सम्बन्धित समाचार:  नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने