महालक्ष्मी लाइफ इन्स्यारेन्सले पनि आईपीओ निष्काशन गर्दै

काठमाडौ। महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ। आगामी साधारणसभामा मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनीकाे रुपमा रहेकाे महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव लैजाने भएको हो। साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ।

कम्पनीले फागुन ३ गते साधारणसभा गर्दै छ। उक्ता साधारणसभामा ५ जना सञ्चालनको निर्वाचन समेत हुने बताईएकाे छ। सोहि साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने महालक्ष्मीले जानकारी दिएको छ।

नयाँ जीवन बिमा कम्पनीहरुले मध्ये रिलायन्स लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सले आर्यपीओ जारी गरिसकेका छन्।

सम्बन्धित समाचार

आईपीओ निष्कासन गर्ने सूचीमा आठवटा बीमा कम्पनीहरू

 

अन्य सम्बन्धित समाचार:  महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट मार्फत