राजपत्रको आधिकारिकता जाँच गर्न सर्वोच्चमा निवेदन

काठमाडौं। प्रतिनिधिसभा विघटनबारे राजपत्रमा छापिएको सम्बन्धी आधिकारिकता जाँच गर्न माग राख्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले राजपत्रमा प्रकाशित सूचनाबारे आधिकारिकता जाँच गर्न सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका हुन्।

प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचनाबारे बिहीवारको बहसका क्रममा वकिलहरुले प्रश्न उठाएका थिए। त्यस्तै शुक्रवारको बहसमा महान्यायधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश गरेका थिए।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपनि संवैधानिक इजलासमा प्रश्न उठेपछि मात्रै उक्त सूचना जारी भएको भन्दै आलोचना भएको थियो।

आइतबार सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले त्यसबारे प्रश्न उठाएका छन्। यसैक्रममा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता श्रेष्ठको निवेदन राखेको बताउँदै उक्त विषयमा प्रवेश नगर्न भन्दै रोकेका थिए। अधिवक्ता श्रेष्ठले उक्त विषयमा कुरा राख्न २ मिनेट समय माग गरेका थिए। तर राजपत्रको कुरा राखिसकेपछि अर्को पक्षले पनि उक्त कुराको जवाफ दिनुपर्ने भन्दै रोकेका हुन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

सम्बन्धित समाचार

इजलासले खोजेपछि मात्रै राजपत्रमा सूचना प्रकाशित

महान्यायाधिवक्ता खरेलद्वारा राजपत्र इजलासमा पेश

प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा