ट्विटर र इन्स्टाग्रामपछि युट्युबले पनि ल्यायो ह्यासट्यागको फिचर

ट्विटर

काठमाडाैं। ट्विटर र इन्स्टाग्राममा रहेकाे ह्यासट्यागको फिचरको लाेकप्रियतालाई मध्यनजर गर्दै युट्युबले पनि याे फिचर शुरु गरेको छ।

गूगलले युट्युबको भिडियोहरुलाई मेटाडेटा ट्याग प्रयोग गरेर संगठित गरेको छ। अब कुनै भिडियोको अन्त्य वा भिडियोको सुरुवातमा रहेको ह्यासट्यागमा थिचेमा त्यस्तो खालको अरु भिडियोहरु पनि रहेको पेज खुल्नेछ।

यो फिचरलाई www.youtube.com/hashtag/yourterm टाइप गरेर पनि प्रयोग गर्न सकिन्छ। यो फिचर शुरु भएपछि युटयुबले ट्याग भएको भिडियो मात्रै हाइलाइट गर्न थालेको छ‍।