कोभिड १९ संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन

एजेन्सी। विदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ९ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट २० देशमा ३ सय २७ जनाकाे मृत्यु भएकाे छ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन्।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, पाेर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको हाे।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ: डब्लुएचओ