विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन्। ४९ वर्षीय राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आइतबार विवाह गरेका हुन्।

मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटकाबीच विवाह समारोह सम्पन्न गरेका हुन्। उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल पुगेका थिए।

परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ। बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका थिए।

 

 

अन्य सम्बन्धित समाचार:  धनगढीको फर्निचरमा आगलागीः करिब ५ करोड बराबरको क्षति