पूर्वलडाकूका दुवै संगठन ओली समूहमा प्रवेश

पूर्वलडाकू

काठमाडौं। माओवादी पूर्वलडाकू संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितका पदाधिकारी ओली पक्षमा प्रवेश गरेका छन्।

नेकपा–दाहाल नेपाल समूहका केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्वलडाकु कमान्डरहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएको घोषणा गरेका हुन्।

पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको हकहितका लागि विशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री ओली उनीहरूको हितमा केन्द्रित कार्यक्रम ल्याउन सहमत भएका बताइएको छ।

शनिबार तत्कालीन माओवादीका लडाकुहरूको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेना संगठनका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच बालुवाटारमा छलफल भएको थियो।

अन्य सम्बन्धित समाचार:  जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।