काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा सान्त्वना जित निकालेको छ। आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो।
tत्रिवि क्रिकेट मैदानमा प्रदेश-२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७, कप्तान खड्क बोहोराले ४३ तथा गजेन्द्र बोहोराले ३९ रन बनाए।
बलिङतर्फ प्रदेश-२ का कुमार थापाले ३ विकेट, हरिशंकर साहले २ तथा विवेक यादव र रबि साहले समान १-१ विकेट लिए।
सम्बन्धित समाचार
प्रधानमन्त्री कप अन्तर्गत बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। प्रदेश-२ का हरिशंकर साहले ६०, विवेक यादवले ४१ तथा महबुब आलमले २३ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान ३-३ तथा अरुण ऐरीले २ विकेट लिए। जितसँगै समूह ‘बी’मा रहेकाे सुदूरपश्चिमले ४ खेलमा २ अंक जोडे पनि प्रतियोगिताबाट भने यसअघि नै बाहिरिइसकेको छ। आज हार ब्यहोरेको प्रदेश-२ पनि प्रतियोगिताबाट बाहिरिएको छ।