धर्नामा बसेका व्यक्तिको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा बसेका व्यक्तिको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा शिक्षा निःशुल्क हुनुपर्नेलगायतका ५२ बुँदे मागसहित अनशनमा बसेका व्यक्तिहरूसँग आवश्यक छलफल र संवाद गरी जीवन रक्षा गर्न आयोगले सरकारसँग माग गरेको हो।

पुस ३ गतेदेखि काठमाडौंमा धर्नामा रहेका नेपाल कम्युनिष्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहलगायतका व्यक्तिलाई प्रहरीले पटक–पटक पक्राउ गरेको पनि आयोगले जनाएको छ। आयोगको बागमती प्रदेश कार्यालयले अनुगमन गर्दा भरत धनाडी र ललन सिंह अझै चावहिलस्थित् एक अस्पतालमा अनसनमा नै रहेको तथा उनीहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको आयोगका प्रवक्ता, सहसचिव डा. टीकराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  सर्वाेच्चमा प्रचण्डद्वारा लिखित जवाफ पेश

जनसरोकारसँग सम्बन्धित उचित मागहरूको सम्बन्धमा आवश्यक सम्बोधन गर्न आयोगले भनेको छ।

साथै, आफ्ना माग पूरा गराउन आमरण अनशन जस्तो अप्रिय कदम नचाल्न आयोगले अनशनरत पक्षलाई समेत आग्रह गरेको छ।