नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड बनायाे

काठमाडाैं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेकाे छ। हालसम्मकै उच्च भोल्यूम सहित नेप्से अलटाइम हाइ विन्दुमा पुगेपछि लगानीकर्ता उत्साहित भएका छन्।

आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४.८४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु (हाइ क्लोजिङ्ग पोइन्ट) हो। त्यसैगरी, यस दिन हालसम्मकै उच्च रकमको कारोबार भएको छ।

आज २०७ कम्पनीको ७९ हजार ४९८ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस अघि गत मंसिर १४ गते नेप्सेमा सर्वाधिक ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

अन्य सम्बन्धित समाचार:  फागुन २२ वा २३ मा संसद बैठक बस्ने

कसकाे काराेबार कति?

नेपाल पुनर्बिमा कम्पनीको ३४ करोड ७९ लाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल दूरसञ्चार कम्पनीको ३१ करोड ८९ लाख, नेसनल लाइफको ३४ करोड २८ लाख र प्राइम कमर्सियल बैंकको २३ करोड ६ लाखको सेयर कारोबार भएको छ।

आइतबार एनसीसी बैंक र नागरिक लगानी कोष सहित १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गत सातासम्म लगातार सकारात्मक सर्किट लागेको नारायणी विकास बैंकको सेयर मूल्यमा आइतबार भने नेगेटिभ सर्किट लागेको छ।

नेप्सेमा उत्साह देखिँदा बजार पुँजीकरण पनि साढे ३२ खर्बमाथि पुगेको छ। बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब पुगेको छ ।

अन्य सम्बन्धित समाचार:  महिला लघुवित्तको आईपीओ बाँडफाँड

आज सेन्सेटिभ इण्डेक्स ६.४७ अंक बढेर ४५२.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अंक बढेको छ।