आतंकवादी आक्रमणको सुचना पाएपछि दिल्लीकाे सुरक्षा सतर्कता बढाइयाे

एजेन्सी। आतंकवादी आक्रमणको सुचना पाएपछि भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ। आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको हो।

रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ। देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

आतंकवादीहरुले जारी किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि स्थानमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ। यसैवीच आतंकवादी आक्रमणको सूचनाका आधारमा दिल्लीबाट आठ रोहिंग्यालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश