देशभर थपिए २७० कोरोना संक्रमित, ४०३ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४१३ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ३३ सहित देशभर २७० नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।

सोही अवधीमा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ। भने क्वारेन्टाइनमा रहनेको संख्या १४५ रहेको छ।

यसैगरी थप ७ जनाको संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार १ पुगेको मन्त्रालयलेृ जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा