महानायक हमाल ‘सत्यम्-राइजिङ अफ द हिरोज’ मार्फत कमब्याक हुँदै

काठमाडाैं। नेपाली चलचित्रमा लामाे समय राज गरेका महानायक राजेश हमाल ‘सत्यम्-राइजिङ अफ द हिरोज’ मार्फत फेरि कम ब्याक हुने भएका छन्।

यस चलचित्रमा मुख्य भूमिकामा देखिँदै गरेका हमालले पछिल्लाे चलचित्र  ‘शकुन्तला’ गरेका थिए।

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हमालले ठूलाे पर्दामा पुन: अभिनय गर्ने खबरसँगै हमालका प्रशंसकहरू खुसी हुँदै सामाजिक सञ्जालमा उनको स्वागत गरिरहेका छन्।

चलचित्रमा उनको भूमिकाकाे बारेमा केही नखुलाईएपनि  ‘सत्यम्’मा अभिनेता अनुप विक्रम शाही खलनायकको रुपमा देखिने भएका छन्। सुटिङ चैतदेखि हुने निर्माता एवं लेखक रेशम सापकोटाले बताएका छन्। शंकर कार्कीले यसको निर्देशन गर्ने भएका छन्।