काठमाडाैं। राष्ट्रिय महिला लिगमा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७-० ले हराएको हो।
एपीएफलाई सहज जित दिलाउन सावित्रा भण्डारीले चार, अनिता बस्नेतले २ र सरु लिम्बूले १ गोल गरे।
सम्बन्धित समाचार
साम्बाको ह्याट्रिक: एपीएफको विजयी सुरुवात
जितसँगै एपीएफ दुई खेलबाट ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो। पराजित विराटनगरको समान खेलबाट २ अंक छ। उसले पहिलो खेलमा वालिङ नगरपालिकासँग १-१ को बराबरी खेलेको थियो।