साधारण सदस्य पनि नरहने गरी केपी शर्मा ओलीलाई नेकपाबाट निस्कासित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल समूहले  केपी शर्मा ओलीलाई नेकपाबाट निस्कासित गरेका छन्। आईतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीबाट निस्कासन गरिएको आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए। साधारण सदस्य पनि नरहनेगरी निस्कासन गरिएको एक नेताले जानकारी गराए।

अन्य सम्बन्धित समाचार:  छलफलपछि मात्र राजीनामाबारे निर्णय हुन्छः ओली